नेविसंघकाे अध्यक्षमा राजीव ढुंगाना

343

काठमाडौं / नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा आज तदर्थ समिति गठन गरेका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयद्धारा मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा नेविसंघको तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगाना र महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर बनाइएका हुन् । तदर्थ समितिलाई छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशनको जिम्मेवारी दिइएको छ । अबको छ महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने उल्लेख छ । २९ माघ २०७५ सम्म ३२ वर्ष नकटेकाले मात्र नेविसंघको आगामी १२ औं महाधिवेशनमा भाग लिन पाउने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहिन थियो । मातृ दल नेपाली काँग्रेसमा लामो छलफलपछि तदर्थ समित गठन सम्भव भएको हो ।

नेविसंघको तदर्थ समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफू निकटस्थलाई तदर्थ समितिको पदाधिकारीमा राख्न सफल भएका हुन् । तदर्थ समितिले छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी पाएको छ ।

४८ वर्षीय राजीव ढुंगाना प्रदीप पौडेल नेविसंघ अध्यक्ष हुँदा उपाध्यक्ष थिए । मनोज वैद्य पशुपति क्याम्पसका पूर्व स्ववियु सभापति र महेश्वरी कुँवर पद्यमकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here