कोरोना भाइरसबाट बेलायतमा २ जना संक्रमित

84

एजेन्सी – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस बेलायतमा समेत फैलिएको छ । बेलायतमा २ जना नयाँ भाइरसबाट संक्रमित भएको बिबिसीले जनाएको छ ।

एक परिवारका २ सदस्य कोरोना भाइरसबाट संक्रमित भएको बेलायती स्वास्थ्य अधिकारीले जनाएका छन् । संक्रमित दुबै जनालाई न्युकासलस्थित एक स्वास्थ्य केन्द्रमा राखेर उपचार भइरहेको समाचारमा उल्लेख छ ।

पछिल्लो विवरण अनुसार चीनमा भाइरसका कारण २१३ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै १० हजार संक्रमित बनेका छन् । हुबेइ प्रान्तमा मात्रै २०४ जनाले ज्यान गुमाएका छन् भने उक्त प्रान्तमा ९ हजार ६ सय ९२ जना संक्रमित बनेका छन् ।
यस भाइरस चीनबाट अन्यत्र मुलुकमा समेत फैलिएको छ । अहिलेसम्म २४ मुलुकमा भाइरसबाट संक्रमित मानिस फेला परेका छन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here