काठमाडौंमा एक युवकमाथि निर्घात कुटपिट

641

गुल्मी जिल्ला इश्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं–२७, डिल्लीबजार बस्ने २८ वर्षीय टपेन्द्र पन्तमाथि कुटपिट भएको छ ।

हाल धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा राखिएको छ ।  महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए अनुसार उक्त  घटनामा संलग्न जाजरकोटका ३४ वर्षीय गोपाल वटाला, सिन्धुलीकी १९ वर्षीया अस्मिता दुनुवार, महेन्द्रनगरका २२ वर्षीय गणेश साउद, सिन्धुपाल्चोकका २६ वर्षीया अनिता लामा र सविन श्रेष्ठ छन् । पीडितका आफन्तले काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीलाई घटनाबारे जानकारी गराएपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले एक्लै खाना खान गएका पन्तलाई एक सेट खानाको १२ हजार रुपैयाँ बिल उठाएपछि विवाद भएको थियो । त्यस क्रममा रेष्टुरेन्ट सञ्चालक तथा अन्य कर्मचारीले उनीसँग भएको ५० हजार रुपैयाँ पनि लुटपाट गरेको भेटिएको डीएसपी बोगटीले बताए ।

‘लुटपाटपछि ज्याकेट खोसेर पेट र टाउकोसहित शरीरको विभिन्न अंगमा कुटपिट गरी राति साढे १२ बजे बाहिर ल्याएर छाडेको देखिन्छ’, उनले भने, ‘परिवारलाई खबर गरेपछि १ बजे राति उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।’ पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here