न्युजल्याण्डका ३४औँ प्रधानमन्त्रीको निधन

191

एजेन्सी / न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आज  ७१ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए ।

उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् । उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेका छन्।

विश्व व्यापार सङ्गठन (डब्लुटिओ) लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरेका छन् । हरेकले उहाँलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भन्नुभयो । उहाँ सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here