रोनाल्डोकाे नयाँ कीर्तिमान बराबरी गरे ट्रेजगुएटसँग

147

एजेन्सी / क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए मा गोल गर्ने क्रम जारी गर्दा लिग लिडर युभेन्ट्सले फियोरेन्टिनालाई ३-० ले पराजित गरेको छ । जितका लागि दुई गोल गरेका रोनाल्डोले पछिल्लो ६ खेलमा मात्रै १० गोल गरिसकेका छन् । रोनाल्डोले ४०औं र ८० मिनेटमा गोल गरे । दुवै गोल पेनाल्टीबाट गरेका हुन् ।

अर्को एक गोल भने इन्जुरी टाइममा माथिस डे लिटले गरे । रोनाल्डोले सी ए मा युभेन्ट्सका लागि गोल गरेको यो लगातार नवौं खेल हो र उनी यस्तो उपलब्धि हासिल गर्ने २००५ पछि पहिलो खेलाडी बने । सन् २००५ मा फ्रान्सेली खेलाडी डेविड ट्रेजगुएटले लगातार ९ खेलमा गोल गरेका थिए ।

यस्तै सन् २०१८ मा स्पानिस जायन्ट रियल मड्रिडबाट इटली पुगेका रोनाल्डोले इटालियन जायन्ट्स युभेन्ट्समा लागि ७० खेल खेल्दै ५० गोलसमेत पूरा गरेका छन् । फियोरेन्टिनाविरुद्ध सहज जितपछि युभेन्ट्सले सिटी ए मा इन्टर मिलानविरुद्ध ३ अंकको अग्रता कायमै राखेको छ । २२ खेलबा६ युभेन्ट्सको ५४ अंक छ ।

रोमेलो लुकाकुको दुई गोल मद्दतमा उडिनेसीलाई २-० ले पराजित गर्दै इन्टरले युभेन्ट्सलाई पछ्याइरहेको छ । लुकाकुले ६४औं र ७१औं मिनेटमा गोल गरे । जितपछि इन्टरको २२ खेलबाट ५१ अंक छ । यसैगरी सिरो इम्मोबाइलले दुई गोल गरेपछि लाजियोले एसपीएललाई ५-१ ले पराजित गरेको छ । २१ खेलबाट ४९ अंक जोडेको लाजियो तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here