चपली हाइट ३ को ‘चार आनाको मसला’ (भिडियाे) सार्वजनिक

293

काठमाडौं / नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टद्वारा अभिनित चलचित्र ‘चपली हाइट ३’ ‘चार आनाको मसला’ बोल रहेको पहिलो गीत सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । खम्बु र अस्मिता अधिकारीको आवाजले भरिएको यस गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् । गीतमा डिपी खनालको शब्द तथा सुभाष भुषालको संगीत रहेको छ ।

चलचित्रको मुख्य पात्र स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा डान्सिङ मुडमा देखिएकी स्वस्तिमा र सुपुष्पा निकै हट रुपमा देखिएकी छिन् ।

यस चलचित्रका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । ‘चपली हाइट ३’ अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो ।

चलचित्रको प्रदर्शन मिति भने चैत्र २८ गते तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here