टेलिकमको १६ औं वार्षिकोत्सवमा कर्मचारीलाई सञ्चारमन्त्रीको चेतावनी

113

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कार्यालयमा बसेर राजनीति गर्ने कर्मचारीलाई पार्टी कार्यालय जान निर्देशन दिनुभएको छ ।

बुधबार नेपाल टेलिकमको १६ औं  वार्षिकोत्सव समारोहमा विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले प्रदर्शन गरेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले कर्मचारीको विरोधलाई लक्षित गर्दै राजनीति नगर्न कडा चेतावनी दिए ।

बास्कोटाले भने,‘धेरै प्राविधिक र इन्जिनियरहरु विकट पहाड पुगेर टावर ठड्याउनुहुन्छ, उहाँहरुलाई धन्यवाद छ, बधाई छ, केही कर्मचारीहरु भने यहाँ कार्यालयमा बसेर राजनीति गर्नुहुन्छ । यहाँ राजनीति नगर्नुहोस, राजनीति नै गर्ने भए पार्टी कार्यालयमा जानुहोस् ।’

उनले आन्दोलनरत कर्मचारीहरुसँग हिसाबकिताब राख्ने चेतावनी समेत दिए । उनले अघि भने, ‘स्यान्टा क्लज जस्तो बनाएर उभिनु भएको छ । राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस् । अनशन र जुलुश नै निकाल्नु नि, यो मेरो दम्भ होईन है । के तपाईहरुलाई भ्रष्टाचार र बेथिति चाहिएको हो रु टेलिकमको जगलाई भासेर जमिनमुनि पुर्याउन चाहेको हो रु यो सबै कुरा संस्थाभित्र चल्दैन ।’

उनले टेलिकमको फोरजी गाउँ गाउँ पुगेकोमा दुःखी भएको हो त ? भन्दै कर्मचारीहरुलाई प्रश्नसमेत सोधे । ‘आजको जमाना भनेको टेक्नोलोजीको हो, टेलिकमलाई हिमालजस्तो उठाउनुपर्छ । यसको लागि तपाईहरु कामप्रति ईमानदार बन्नुहोस् । तपाईहरुको जायज माग र कुरा म सन्छु । तर, म दुई चार जनाको कुरा सुनेर हच्किनेवाला छैन् । तपाईहरुको मैले राम्रैसित हिसाबकिताब राखेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here