अमिलोपिरो सेवनबाट हुने फाइदाहरु

28

अमिलोपिरो मन नपर्ने कमै सायद कमै हाेलान् ।  कसैले  स्वास्थ्यका कारण पेट पोल्ने समस्या हुन्छ भन्दै अमिलोपिरो नखाने जनाउँछन् तैपनि यसले जिब्रोका बडहरुलाई सक्रिय बनाउने हुनाले कहिलेकाहिँ अमिलोपिरो खाने गर्नुपर्छ । यसका पनि आफ्नै फाइदाहरु छन् जुन तपाईहरुले सुन्नु भएको छैन होला ।

१० तौल घटाउँछ : विभिन्न अनुसन्धानकर्ताहरुका अुनसार अमिलोपिरो खानेकुराले तपाईको बढ्दो तौल नियन्त्रण गर्न मद्दत गर्छ । विशेषगरी खुर्सानीमा हुने क्यापसाइसीन नामक तत्वको थर्मोजेनिक प्रभावले शरीरको क्यालोरी बढी खर्च गराउने हुनाले तौल सन्तुलित गराउन यसले विशेष भूमिका खेल्न सक्छ ।

२० क्यान्सरको रोकथाम : विभिन्न अध्ययनका अनुसार खुसार्नीमा भएको क्यापसाइसीन ले क्यान्सरका कोषहरुको विनाश गर्न सक्छ । साथै रुघा लागेका बेलापनि यसले रुघाको भाइरसलाई नियन्त्रण गर्ने हुँदा यसका लागि पनि यो उपयोगी मानिन्छ ।

३० मुटु स्वस्थ्य राख्छ : खुर्सानीले कार्डियोभास्कुलर खतराबाट जोगाउने हुनाले बिग्रेको कोलेस्ट्रोलले शरीरलाई गर्ने हानि यसले कम गर्न सक्छ । यसका साथै खुर्सानीमा हुने तत्वले मुटुको जलनलाई समेत कम गराउछ ।

४० रक्तचाप कम गराउँछ : विभिन्न रिर्सचहरुले जनाएअनुसार खुर्सानी तथा अमिलोमा हुने विभिन्न तत्वहरुले रक्तचाप कम गराई रक्तनलीहरुलाई रिल्याक्स गाराउँछ ।

५० रिस घटाउँछ : अमिलोपिरो खानेकुराले सेरेटोनिन नामक हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले तनाव हुन बाट जोगाउँछ र रिस्लाई कम गर्न मद्दत् गर्छ ।

यससँगै खुर्सानीमा सुन्तलाभन्दा सात गुना बढि भिटमिन सी पाइने हुँदा मुखमा घाउ हुनबाट पनि यसले बचाउँछ । त्यस्तै माइग्रेनलाई कम गराउन समेत यो फाइदाजनक मानिन्छ ।

शरीरका लागि आवश्यक भिटमिन ए, ई, बेटा क्यारोटिन, फ्लोरिक एसिड, पोटासियमले युक्त खुर्सानी खानुका यस्ता फाइदाहरु भएकाले कहिलेकाहीँ अमिलोपिरो खानेकुरा पनि खाने गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here