ईपीएललाई आईसीसीको मान्यता

8

काठमाडौं / आउँदो चैत महिनामा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता प्रदान गरेको छ । ईपीएलको आयोजक ईपीएल प्रालिले बिहीवार आईसीसीले मान्यता दिएको जनाएको छ ।

ईपीएल चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । यस पटक टेष्ट मान्यताप्राप्त देशका खेलाडीहरु समेत ईपीएल खेल्न नेपाल आउँदैछन् । जसमा वेष्ट इन्डिजका क्रिस गेलसहित ड्वाने स्मिथ श्रीलंकन उपुल थरंगा र अफगानिस्तानका मोहमद शेहजादसमेत छन् । यस्तै अन्य विदेशी खेलाडीहरुको नाम सार्वजनिक हुन बाँकी छ । ईपीएल टी २० मा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here