अवैध लागूऔषध सहित पक्राउ

191

काठमाडौं / मोरङ, बिराटनगर महानगरपालिका-१४ डेरा गरी बस्ने २६ वर्षीय दिपक सहनी, ४२ वर्षीय राम यादब र सोही महानगरपालिका-१७ बस्ने ५५ वर्षीय मोहमद मुस्तफिर मियालाई अवैध लागूऔषध चरेश करिब १ सय ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुरकाे रौतामाई गाउँपालिका-७ खानीटारबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका-११ बस्ने २० वर्षीय सन्तोष बुढाथोकी र १८ वर्षीय सचिन बुढाथोकी रहेका छन् । प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले भुटारबाट गाईघाटतर्फ जाँदै गरेको ना.५ ख १०५१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here