समुदाय-प्रहरी साझेदारी अन्तर्गत विभिन्न विद्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

17

बर्दिय / समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका-४ तुलापुरस्थित कोट्ही माविमा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको संयुक्त आयोजनामा ‘एक विद्यालय एक कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लागूऔषध, यौन दुर्व्यवहार, साइवर क्राइम, बाल विवाह, बहुविबाह, कोरोना भाइरस  लगायतका विषयमा श्रव्य-दृश्य बिधि मार्फत प्रशिक्षण प्रदान गरिएको थियो ।

साथै जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा राजापुर नगरपिका-४ राजापुर बजारस्थित अमर शहिद श्री दशरथ चन्द माबिमा, मधुबन नगरपालिका-३ कोठियाघाटमा, बढैयाताल गाउँपिका-२ फुटाहास्थित सरस्वती माबिमा, बढैयाताल गाउँपिका-५ बढैयास्थित नेपाल राष्ट्रिय ईन्दिरा भुसाल मावि मैनापोखरमा, ठाकुरबाबा नगरपालिका-६ जनता आवसिय विद्यालय तुलसिपुरमा, ठाकुरबाबा नगरपालिका-५  स्थित बन्कट्टीमा र गुलरिया नगरपिका-१ शंकरबस्तीस्थित गणेश बिद्या मन्दिर आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई कोरोना भाइरस सम्बन्धि सचेतनामूलक कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here