नेपाल ओमानसँग ८ विकेटले पराजित

54

काठमाडौं /  नेपाल ओमानसँग पराजित भएको छ । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आइतबार भएको आफ्नो तेस्रो खेलमा ८ विकेटले पराजित भएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । ओमानले ४७।२ ओभरमा मात्र दुई विकेटको क्षतिमा पछ्यायो ।

ओमानका लागि अकिबले शतकीय पारी खेल्दै १ सय ९ रन बनाए भने कप्तान जिसान मक्सुदले ६८ रनको योगदान दिए । अकिबले १ सय ८ बल खेल्दै १२ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, खावर अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन बनाए । नेपालका लागि सन्दीप भारी र कुशल मल्लले १–१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here