कोरियन चलचित्रले ओस्कार अवार्ड जितेर इतिहास रच्यो

237

एजेन्सी / दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेर इतिहास रचेको छ। हलिउडका चर्चित अभिनेता ब्राड पिटले पहिलो ओस्कार अवार्ड प्राप्त गर्न सफल भएका छन्।  ५६ वर्षको उमेरमा ब्राड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’मा गरेको अभिनय बापत् ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड जितेका हुन्।

‘वन्स अपन अ टाइम इन हलिउड’बाट उत्कृष्ट सहयोगी कलाकारको ओस्कार पाउँदा यसै चलचित्रका लियोनार्दो डि क्याप्रियो उत्कृष्ट अभिनेताको मनोनयनमा परेका थिए। यद्यपी उक्त अवार्ड जोकरका अभिनेता जोआक्वीन फिनिक्सले जितेकाे छ ।

१. सर्वोत्कृष्ट चलचित्र
२. सर्वोत्कृष्ट निर्देशकः बोङ जुन–हो
३. बेस्ट स्क्रिनप्ले अवार्ड
४. बेस्ट इन्टरनेसनल फिचर अवार्ड

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here