९ दलीय गठबन्धनद्वारा एमसीसी संसदबाट अनुमोदन नगर्न माग

50

काठमाडौं / क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ।

 सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दवाब दिएको दाबी गरेको छ।

पूर्वसांसद सिपी गजुरेलसहितका नेताहरु सभामुखलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए।

सभामुख सापकोटाले ज्ञापनपत्र बुझेपछि एमसिसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here