सरकारले बजेटको आकारमा १० प्रतिशतले घटायाे

71

काठमाडौं / सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार करिब साढे १ खर्बले घटाएको छ। बजेटको आकार करिब १० प्रतिशतले घटाएको हो।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार अर्धवार्षिक समीक्षा सार्वजनिक बजेटको आकार संशोधन गरी १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको जानकारी दिए। संशोधित बजेट चालु आवमा विनियोजित कूल बजेटभन्दा १ खर्ब ४७ अर्ब कम हो।

खतिवडाले गत जेठ १५ गते बजेट भाषणमार्फत चालु आर्थिक वर्ष २०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए।

अर्थमन्त्री  खतिवडाले राष्ट्रिय गौरवका आयोजनाहरूको खर्च समग्रमा २० प्रतिशतभन्दा तल रहेको जानकारी दिए। संरचनागत समस्या, निर्माण व्यवसायीहरुको आन्दोलनलगायतका कारण पुँजीगत खर्च बढ्न नसकेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here