काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजना हुने सो सभामा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।
नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल तथा ईश्वरी रिजालले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलवार यसबारे जानकारी गराएका हुन् ।
तत्कालीन माओवादीले जनयुद्ध शुरू गरेको दिनको सम्झनामा यो दिवस मनाउँदै आएको हो ।
पार्टी एकतापछि पहिलोपटक मनाउन लागिएको जनयुद्ध दिवसमा दुवै अध्यक्षको सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।