पार्टी र सरकार दलाल पुँजीवादी भन्ने समाजवादी ?

160

– हुकुमबहादुर सिंह

नेपालमा ओली नेतृत्वको कम्युनिष्ट सरकार छ । कम्युनिष्ट सरकार हुनुको नाताले उसले देशमा समाजवादी आधार तयार पार्ने भन्नु आफैमा अनौठो होइन । तर उनीहरूमाथि केही सरल प्रश्नहरू गर्न आवश्यक छ –प्रथम तिमीहरूले भन्ने समाजवादले वर्तमानमा तिमीहरू बुइ चढेको सामन्तवादी पुँजीवादी(एकाधिकार दलाल पुँजीवाद)लाई कसरी विस्थापित गर्न सक्छ ? दोस्रो उत्पादनका साधनहरूमाथिको स्वामित्व अहिले कसको हातमा केन्द्रीत छन् र कसरी तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ ? तेस्रो मानिसबाट मानिसमा हुने स्वषणको अन्त्य समाजवादको उद्देश्य हो र वर्तमान ओली सरकारको त आफ्नै पार्टीभित्र विभिन्न वर्गहरूको निर्माण गर्न सहयोग पु¥याइरहेको छ– पुँजीपतिवर्ग, त्यो पनि दुई प्रकारका– दलाल र राष्ट्रिय पुँजीपतिहरू, सामन्तवर्ग, मध्यमवर्ग, निम्न मध्यमवर्ग, आवारा सर्वहारा वर्ग जसले विचौलियाको रूपमा पार्टीभित्र र सरकारमा रहेर ‘प्रभावकारी’ काम गरिरहेको छ । सर्वहारावर्ग त नगन्यमा छन् र भएका पनि त्यस्तो नभएकोमा (दलाल र राष्ट्रिय पुँजीपतिवर्ग, सामन्तवर्ग र आवारा सर्वहारा वर्ग जसले विचौलीयाको रूपमा काम गरेर अर्बौ रुपियाँको धनी भएका छन् ) पछुताउने काम गरिरहेका छन् । समाजवादमा जानका लागि समाजवादको आधार तयार पार्ने भनेर बैठकहरूमा कागजमा लेख्ने त गरिएको छ तर स्पष्ट छ यो केबल जनता र कार्यकर्तालाई भ्रम दिने एउटा भ्रमजाल सिवाय अरु के हुन सक्छ ?

ओली स्वयम म कम्युनिष्ट होइन भनिरहेका छन् तर उनी कम्युनिष्ट पार्टी डब्बल नेकपा र उसको सरकारका प्रमुख छन् । प्रचण्डको हालत त झन झन भनाइ र गराइको खाडल यति ठूलो बन्दै गएको छ कि उनी सम्पत्ति र पारिवारिक रूपमा नवधनाड्य बन्दै छन् भन्ने प्रमाणहरू बाहिर आइरहेका छन् ।

डब्बल नेकपाको करिब दुई तिहाइको सरकार छ । प्रदेश र केन्द्रीय संसद एकलौटी छ तर यतिका वर्ष वित्यो सरकार बनाएको अहिलेसम्म देश र समाजमा राजनीतिक, आर्थिक, सामाजिक विभेद कतै पनि घटेको अनुभूति जनतालाई छैन । देशमा गणतन्त्र आउँदा धनी र गरीब बीच, माथि र तल बीच, सोझा र बाठाहरूबीच, मजदुर मालिक बीच जे जस्तो विभेद थियो त्यस्ता विभेदहरू झन बढेका होलान घटने लक्ष्यण देखिदैन । शिक्षा, स्वास्थ्य, आवासजस्ता जनताका आधारभूत आवश्यकताहरू सित जोडिएका विषहरू दलालहरू र विचौलियाहरूको कब्जामा छन् । ओलीले आफूपछि देशको सम्पत्ति उनको धर्मपुत्र ‘यतिसमूह’लाई दिंदैछन् । नेपालमा नेकपाको छातामूनी एउटा ‘नयाँ ठालु वर्ग’को उदय हुँदै गएको छ र त्यो वर्गको जालो पार्टीभित्र, सरकारभित्र र समाजमा पनि माकुरो जालोजस्तै मौलाउँदै र फैलिदै गएको छ । समाजवादको आधार तैयार पर्ने भन्दै ओली सरकारले अहिले अमेरिकी सहयोग नियोगको रूपमा एमसीसी भिœयाउन खोजिरहेको छ । नेपालको शान्तिसुरक्षाका लागि अमेरिकी सेना ल्याउने । नेपालको प्राकृतिक साधनस्रोतको वैज्ञानिक व्यवस्थापनका लागि अमेरिकी बहुउद्देश्य कम्पनीहरू ल्याउने रणनीतिमा ओली सरकार लागेको छ । ओलीका लागि समाजवादको आधार तयार पार्ने एउटा बलियो माध्यम एमसीसी बन्दै छ । विश्वमा अहिले ‘ट्रम्पको मैमत्त सैन्यकृत साम्राज्यवाद’ अगाडि आएको छ भने नेपालमा ओलीको मैमत्त दलाल तथा विचौलीयाहरूको पुँजीवादले समाजवादको खोल ओडेर फासिवादको रूपमा स्थापित गरिदैछ । सरकारी पार्टी डब्बल नेकपाका नेता तथा कार्यकर्ता पुरै निजी स्वार्थमा केन्द्रित भइरहेका छन् । सम्पत्ति कसरी कमाउने भन्नेमा उनीहरूको होडबाजी चलिरहेको छ । अनि भन्छन् समाजवादका आधारहरू तयार गर्ने । विदेशी प्रतिक्रियावादीहरूका एजेण्डाहरूलाई उनीहरूको हितमा नेपालमा लागु गरेर उनीहरूलाई खुशी राखेर नेपालमा कसरी समाजवाद आधार बन्न सक्छ ? आम जनताले अब प्रश्न गर्ने समय आएको छ ।  – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here