वर्तमान सरकारको राम्रो कुरा नदेखाइदिने, नराम्रो मात्र लेख्ने ? : मन्त्री बास्कोटा

205

काठमाडौं /  सरकारका प्रवक्ता  गोकुलप्रसाद  बास्कोटाले  सरकारले एउटा पनि नराम्रो काम नगरेको जनाएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको प्रश्नमा जवाफ दिँदै भने, ‘नराम्रा काम एउटा पनि गरेको छैन । जति गरियो राम्रै राम्रा । नराम्रो देख्ने आँखा चाहिँ नराम्रा । राम्रो कुरा नदेखाइदिने, नराम्रो मात्र लेख्ने हातहरुबारे पनि म कहिले बाँकी प्रश्न गर्छु नि ।’

सरकारले २ वर्षमा गरेका कामबारे प्रधानमन्त्रीले खास सम्बोधन गर्ने  सुनाए । भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here