सभामुखको कुर्सीमा कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन  सुझाव

152

काठमाडौं / सत्तारुढ दलका सांसद विरोध खतिवडाले सभामुखको कुर्सीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन  सुझाव दिएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै  सांसद खतिवडाले सभामुख सापकोटालाई बैठकको अध्यक्षता गरिरहेको कुर्सीमा कालो टीका लगाउन सुझाव दिएका हुन् ।

‘सभामुखज्यू तपाईंको कुर्सीमा आँखा पर्यो । शिवले माया गरेर तुम्बा समातेर कैलाशमा बसे जस्तै तपाईंले पनि कुर्सीको जतन गर्नुपर्यो’, उनले भने, ‘बच्चाहरुलाई पनि आमाले अरुको आँखा पर्न नदिन कालो निधार या अन्त कालो टीको लाइदिने गर्छन् । तपाईंले पनि त्यो कुर्सीमा अरुको आँखा लाग्न नदिन कुर्सीको खुट्टा या ढाडमा कालो लाउने हो कि ! ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here