काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका सम्पुर्ण आन्दोलनहरुलाई एकै ठाँउमा जोडेर हेर्नुपर्ने जनाउनुभएको छ ।
नेकपा केन्द्रीय कार्यालयले २५ औं जनयुद्ध र जनान्दोलन दिवसका अवसरमा विहिबार धुम्बाराहीमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा अध्यक्ष प्रचण्डले परिवर्तनका लागि मुलुकमा भएका सम्पुर्ण आन्दोलन एक आपसमा सम्वन्धित रहेको जनाउनुभयो।
अध्यक्ष प्रचण्डले हरेक आन्दोलनमार्फत् नयाँ पाठ सिक्दै मौलिक ढंगवाट सुरु गरिएका आन्दोलनहरु सफल भएका उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध सफल हुनुको पछाडि सही विचार र नेतृत्व भएको जनाउनुभयो ।
अध्यक्ष प्रचण्डले मुलुकमा समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीले एक पटक फेरि मेहनत गर्नुपर्ने समय आएको पनि जनाउनुभयो ।