प्रहरी चौकीमा आक्रमण गर्ने एक पक्राउ

79
सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित प्रहरी चौकी तिपेनीमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टोलीले मेलम्ची नगरपालिका–९ सुनखानीका ३३ वर्षीय लोकेन्द्र तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फलबहादुर तामाङका अनुसार लाकेन्द्र तामाङलाई आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो ।

गत माघ २५ गते मध्यराति १०÷१२ जनाको अज्ञात समूहले मापसे गरेर हो–हल्ला गर्दै हिँडेको बेला चौकी आक्रमण गरेका थिए  । आक्रमणबाट तिपेनी चौकीका प्रहरी प्रमुख (असई) सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते हुनुभएको थियो ।

आक्रमणबाट प्रहरी चौकी भवनको झ्याल, सिसालगायत फुटेको छ । प्रहरीले आक्रमणकारी मध्येका सुनखानीकै सोम थिङलाई तत्कालै पक्राउ गरेको थियो ।

प्रहरी चौकीमा आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here