बिग्रेकाे मेमाेरी कार्ड बनाउने तरिका

254

काठमाडौं  / प्रायः जसाे  स्मार्ट फोन प्रयोकर्ताहरुले भाेग्नु परेका मुख्य समस्याहरू मध्ये मेमोरी कार्ड बिग्रीनु पनि  एक  हाे । कार्डमा धेरैजसो मानिसहरु फोटो, म्युजिक, भिडियो आदि राख्ने गर्दछन् । तर कयौंपटक कार्ड पुरानो हुने बित्तिकै कार्डमा समस्या देखिएर भएको सबै डाटा नै नष्ट हुने खतरा बढ्छ ।

मेमोरी डिटेक्ट नहुँदा फाइल नै ओपन हुँदैन । यस्तो अवस्थापछि प्रयोगकर्ताहरु नयाँ मेमोरी कार्ड किन्ने निर्णयमा पुग्छन । तर त्यसलाई आफै बनाउन पनि सकिन्छ । स्मरणीय यो छ कि मेमोरी कार्ड कहिल्यै छिटै बिग्रँदैन् । यदि कार्डमा केहि खराबी आयो भने पनि तपाईँ केहि स्टेपमा नै यसलाई सजिलै बनाउन सक्नुहुन्छ ।

  • स्क्यानडिस्कको माइक्रोएसडी कार्डमा लाइफ टाइम वारेन्टी रहेको हुन्छ । यदि यस कार्डमा केहि समस्या आएमा सर्भिस सेन्टरमा फ्रिमा बदल्न सक्नुहुन्छ । यदि तपाईँको मेमोरीकार्डमा समस्या आइरहेको छ भने पहिलो काम हो डाटा ब्याकअप लिने ।
  • किनकि तपाई यदि कार्ड रिपेयर गराउन जाँदै हुनुहुन्छ भने डाटा नस्ट हुन सक्दछ । त्यसैले कार्ड ब्याकअप गर्न नभुल्नुस् ।
  • यदि मोबाइलमा कार्ड डिटेक्ट भइरहेको छैन तर कम्प्युटरमा डिटेक्ट भइरहेको छ भने पहिला फोनमा रहेका डाटा ब्याकअप राखेर मात्र फर्म्याट गर्नुपर्छ । तपार्इँ कम्प्युटरसँग कार्डलाई कनेक्ट गरी माई कम्प्युटरमा गएर त्यसमा राइट क्लिक गर्नुहोस र फ्याट ३२ मा फर्म्याट गर्नुहोस् ।
  • कहिलेकाँही कयौं पटक मेमोरी कार्ड कम्प्युटर र मोबाइलमा लगाउँदा देखाउँछ तर भाइरसको समस्याले कार्ड खुल्दैन ।
  • यस्तोमा सबैभन्दा पहिले कार्डमा कर्सर लैजानुस र राइट क्लिक गर्नुहोस । यहाँ एक्सप्लोरको अप्सन पाइनेछ त्यसैमा क्लिक गर्नुहोस् ।
  • यसमा तल प्रोपर्टिजको विकल्प पाइने छ, त्यसमा जानुहोस । त्यहाँ एक ट्याब एन्ड टुल्स भन्ने हुन्छ त्यसमा क्लिक गर्नुहोस र चेक नाउ एररमा क्लिक गर्नुहोस् । सानोतिनो समस्या छ भने ठिक हुन्छ ।
  • यदि मेमोरी कार्ड देखाइरहेको छैन भने सबैभन्दा पहिले फोनलाई कम्प्युटरबाट सिस्टम म्यानेजरमा ओपन गर्नुपर्छ । त्यसपछि डिस्क म्यानेजमेन्टमा जानुहोस् ।
  • यदि तपाईसँग विन्डोज १० छ भने माई पीसीमा राइट क्लिक गरेसँगै म्यानेजको विकल्प पाइनेछ, त्यसमा जानुहोस् ।
  • त्यहाँ तपाईँलाई पीसीमा उपलब्ध सबै डिस्कको लिस्ट देब्रेतर्फ आउनेछ । त्यहि दाहिनेतर्फ तपाइईलाई माइक्रोएसडी कार्ड देखिनेछ त्यसमा राइट क्लिक गर्नु पर्नेछ । यसमा तपाईलाई चेन्ज ड्राइभ लेटर एन्ड पाथको विकल्प मिल्नेछ । त्यसलाई क्लिक गर्नुहोस ।
  • अब नयाँ ट्यावमा विन्डोज खुल्नेछ । तपाईलाइँ त्यसमा एडको विकल्प मिल्नेछ त्यसमा क्लिक गरेर ड्राइभलाई कुनै अल्फाबेट नाम दिनुहोस् ।तपाईले नाम दिँदा पीसीमा नभएको नाम दिनुपर्नेछ । यस लगत्तै कार्ड देखिन थाल्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here