राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी २ करोड ३३ लाख नोक्सानीमा

177

काठमाडौं / राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ३३ लाख ३९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्ष पनि कम्पनी ३ करोड २३ लाख रुपैयाँ नोक्सानीमा थियो । दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीको आयोजना सम्पन्न हुने समय लम्बिँदा विद्युत बिक्री गरेर आम्दानी बढाउन सकेको छैन। सोही कारण कम्पनी हालसम्म पनि नोक्सानीमा रहेको जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने, रिटेन्ड अर्निङ ६६ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । पुससम्ममा कम्पनीको ३३ अर्ब ५५ करोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ५७ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २२ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १२ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ७५ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here