सवारी दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु

178

काठमाडाैं / नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

हिजो बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले गजुरीमा ठक्कर दिएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौंबाट चितवन घर जाँदै थिए ।

महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमा मृत्यु भएको बस्नेतले जनाए ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here