मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

2

कैलाली- जिल्लाकाे तेघरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका २ तेघरी स्थित से ७ प ४०७९ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक धनगढी उप–महानगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी ३५ बर्षीय पदम निधी पण्डितको मृत्यु भएको छ ।

त्यस्तै सोहि मोटरसाईकलमा सवार एक जना गम्भिर घाईते भएका छन । घाईते हुनेमा धनगढी उप–महानगरपालिका ३ बोराडाडी बस्ने २८ बर्षीय कमल जोशी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मोटरसाईकल दुर्घटनामा घाईते भएका पण्डितको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने गम्बिर घाईते भएको जाशीलाई उपचारका लागि भारत लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here