ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको ८९ वर्षको उमेरमा निधन

105

काठमाडौं – ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको आज निधन भएको छ । शाक्यको उपचारका क्रममा मेडिसिटी अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्वतन्त्रता सेनानी शाक्य नगरपालिका संघका पूर्व केन्द्रीय अध्यक्ष प्रजातन्त्र सेनानी संघको ललितपुर जिल्ला सभापतिसमेत भएका थिए ।

शाक्यको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै उनको योगदानप्रति सम्मान प्रकट गरेका छन् । साथै शाक्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here