नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

129

धनुषा –  ‘समुदाय- प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत १ दिने नि:शुल्क स्वास्थ्य शिविर संघीय प्रहरी इकाई कार्यालय जनकपुरको प्राङ्गणमा सोमबार सम्पन्न भएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रधुम्न कार्की र २ नम्बर प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष सुष्मा थापा कार्कीले उक्त स्वास्थ्य शिविरको संयुक्त रुपमा उद्‍घाटन गर्नुभएको थियो ।

२ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजना तथा जानकी मेडिकल कलेज र २ नम्बर प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुको सहकार्यमा उक्त शिविर संचालन गरिएको हो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरू तथा उनीहरुका परिवारहरू समेतलाई लक्षित गरी उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा छाला रोग, हाडजोर्नी, प्रसुती, आँखा, जेनरल मेडिसिन, स्त्री रोग लगायतको परीक्षण गरी ल्याब सेवा प्रदान गरी आवश्यक औषधीहरू समेत बितरण गरिएको थियो । शिविरमा कोरोना भाइरस सम्बन्धी आवश्यक परामर्श सेवा समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here