SAMSUNG का स्मार्टफोनहरू एक्सचेन्ज गर्न सक्ने

125
SAMSUNG EXCHANGE सुविधाः SAMSUNG प्रयोगकर्ताहरूले नयाँ SAMSUNG स्मार्टफोनकोे लागि आफ्ना पुरानो SAMSUNG स्मार्टफोनहरू एक्सचेन्ज गर्न सक्नेछन् ।
 
SAMSUNG मोबाईलका लागि आधिकारिक विक्रेता IMs ले आफ्ना अधिकांश IMS Smart बचत शोरूमहरूमा SAMSUNG EXCHANGE सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना SAMSUNG  स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् साथै यस सुविधा मार्फत SAMSUNG स्मार्टफोन EXCHANGE गर्न सक्नेछन् ।
 
इच्छुक ग्राहकहरूले केवल IMS smart बचत आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन Web पोर्टल मार्फत दिनेछ साथै EXCHANGE फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो SAMSUNG  स्मार्टफोनको सट्टामा नयाँ SAMSUNG स्मार्टफोन छनौट गर्न सक्नेछन् ।
 
तत्काल निम्न IMS Smart बचत शोरूमहरूमा EXCHANGE सुविधा उपलब्ध गराइएको छः
 
१. न्यूरोड, पाको, काठमाडौं
 
२. रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं
 
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
 
४. अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर
 
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
 
६. पिपल बोट चोकको नजिक, बौद्ध, काठमाडौं
 
कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गरिनेछ ।
 
“हाम्रो लक्ष्य सँधै हाम्रा मूल्यवान ग्राहकहरूलाई उहाँहरूका अनुरोध र सुझावहरू ध्यान दिएर सुनेर उत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । एउटा प्रमुख अनुरोध भनेको EXCHANGE सुविधा प्रदान गर्नु हो जसको कारणले हामीले यस सुविधा यो नयाँ वर्ष २०२० मा सुरु गर्ने निर्णय ग¥यौं ।” 
दिपक मलहोत्रा, अध्यक्ष, IMS Group IMs\Group एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढि कम्पनी रहेको छ । IMS, नेपालको लागि SAMSUNG SMARTPHONE को राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा Mobile आयात गर्ने पहिलो कम्पनी हो । विगत २७ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा IMS Group संग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा   देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here