गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा शुरू

300

कास्की – नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा शुक्रबारदेखि शुरू भएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानको अध्यक्षतामा शुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री चुमानले शान्ति सुरक्षा विकास र समृद्धिसँग जोडिएकाले नागरिकले प्रत्यक्ष शान्ति सुरक्षाको अनुभूति हुने गरी सुरक्षा निकायहरुलाई थप श्रोतसाधनयुक्त साथै सुदृढिकरण गर्दै लैजानुपर्ने जनाउनुभयाे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रस्तुतीकरण गर्दै समग्र नेपाल प्रहरी र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, शान्ति सुरक्षा, मुख्य सुरक्षा चुनौती तथा समस्या, अपराधको समग्र तथ्याङ्क विश्लेषण र समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतका गतिविधि एवं त्यसको प्रभावकारिताको बारेमा जानकारी दिनुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले वर्तमान सुरक्षा चुनौतीहरुलाई पहिचान गरी समयमै समाधान गर्न नेपाल प्रहरीका साथै अन्य सुरक्षा तथा प्रशासनिक निकायहरुको समन्वय र सहकार्यबाट एकिकृत रणनीतिक कार्ययोजना तयार पारी लाग्नुपर्ने जनाउनुभयाे ।

सो अवसरमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार प्रा।डा। ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक गणेश अधिकारी, नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्की, गृह मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखाका प्रतिनिधिहरुले सुरक्षाका विविध विषयमा आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त गोष्ठीको आजको सत्रमा गण्डकी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, वर्तमान सुरक्षा चुनौती, उपलव्ध साधन स्रोत, भावी रणनीतिक योजना लगायतका विविध विषयमा सहभागीहरुबीच छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान समेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here