ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ  

93

काठमाडौं – ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने ३२ वर्षीय रमेश बडुलाई ललितपुर नख्खुबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७५ कात्तिक १६ गतेको फैसलाले ठगी मुद्दामा २ महिना ४ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै रमेशले नेपाली सेनामा कार्यरत एक कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भनी बिश्वास दिलाई २ लाख ५० हजार रुपैयाँ र राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी २ जनासँग २४ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

रमेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको उक्त महाशाखाले जनाएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here