गाँजा खेती खुला गर्न संघीय संसदमा विधेयक दर्ता

18

काठमाडौं – गाँजा खेती खुला गर्नुपर्ने भन्दै संघीय संसदमा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभा सचिवालयमा प्राइभेट बिलका रुपमा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले आज  विधेयक दर्ता गरेका छन् ।  उहाँले गाँजा औषधीकै रुपमा प्रयोग हुने भएकाले वास्तविक किसानलाई फाइदा होस् भन्ने उद्देश्यले विधेयक दर्ता गरिएको जानकारी दिनुभयो । यस विषयमा विभिन्न सरकारी निकायहरुसँग पनि आफूले छलफल गरेर विधेयक तयार पारेको उहाँले भन्नुभयो ।

गाँजा खेतीको नियमन र व्यवस्थापनसम्बन्धी विधेयकमा गाँजा बहुउपयोगी भएकाले खुला गर्नुपर्ने उल्लेख छ । अहिले पनि गाँजा खेती भइराखेको तर त्यसबाट तस्करहरुले लाभ लिएको भन्दै यसलाई राज्यको निगरानीमा खेती गर्न र बेचबिखन गर्न पाउने गरी खुला गर्नुपर्ने विधेयकमा उल्लेख छ ।

तामाङले तयार पारेको मस्यौदा अनुसार उत्पादन र नियन्त्रण पूर्णतया सरकारको हुनेछ । तोकिएको निश्चित प्रतिशत बाहेक क्षेत्रमा गाँजा खेती गर्न पाइने छैन। यस्तै मूल्य निर्धारण सरकारले गर्नेछ भने आन्तरिक बजारमा विक्री गर्न नपाइने पनि उल्लेख छ । यसअघि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सांसद खतिवडालगायतले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here