पानीमा हराउने अनौठो होटेल

210

एजेन्सी  – प्रायः जसाे  होटल, बस्ने  घर वा कुनै भौतिक संरचना बनाइन्छ तब ती संरचना  लामाेसम्म  टिकाइ राख्नका लागि  बलियाे हुने गरी बनाइन्छ ।  यस संसारमा एउटा यस्तो होटल छ, जुन हरेक वर्ष निर्माण गरिन्छ अनि वर्षेनी पानीमै हराउँछ ।

यस्ताे  अनौठो होटल स्विडेनमा रहेको  छ । यसकाे नाम आइस होटल हो । हरेक वर्ष ठण्डी मौसममा यो होटलको निर्माण गरिन्छ । यो होटल बरफबाट बनेको हुन्छ । जब गर्मी याम सुरु हुन्छ, यो होटल पग्लिन थाल्दछ र नदीको पानीमा समाहित हुन्छ ।

निकै अनौठो होटल बनाउने परम्परा सन् १९८९ देखि चल्दै आएको छ । यो पटक ३१ औँ वर्षमा समेत होटल ठडाइएको छ । चिसोले जमेको टर्न नदीको किनारामा यो होटल बनाइएको छ । होटल निर्माणका लागि नदीबाट २५ सय टन बरफ निकालिन्छ । अक्टोबर महिनामा होटल बनाउन सुरु गरिन्छ । होटल निर्माणका लागि विश्वभरका कलाकारहरु त्यहाँ आउँदछन् र हिउँमा आफ्नो कला देखाउँदछन् ।

होटलमा पर्यटकहरु बस्नका लागि विभिन्न कोठाहरुको निर्माण गरिन्छ । यस पटक त्यहाँ ३५ वटा कोठा बनाइएका छन् । होटलका कोठाको तापक्रम माइनस ५ डिग्री सेल्सियस रहेको छ । यो वर्ष करिब ५० हजार पर्यटक यो होटलमा बस्नका लागि आउने अनुमान गरिएको छ ।

मे महिनासम्म यो होटल अस्तित्वमा रहन्छ ।  त्यसपछि त्यहाँको बरफ पग्लिन सुरु गर्दछ । त्यसपछि होटल बन्द गरिन्छ । उक्त होटलमा एक रात बस्नका लागि झण्डै ३० हजार देखि डेल लाख रुपैयाँ बराबरको शुल्क तिर्नु पर्दछ ।

यो होटल पर्यावरणमैत्री रहेको छ । त्यहाँ केवल सौर्यऊर्जाबाट चल्ने उपकरणहरु मात्रै जडान गरिएको छ । उक्त होटलको रोचक विशेषता के भने त्यहाँ एउटा आइसबार पनि रहेको छ । पर्यटकहरुलाई पेय पदार्थ पिउनका लागि बरफबाटै बनाइएका गिलासको प्रयोग हुन्छ ।

होटलभित्र यस्तो आवाज गुन्जाइएको हुन्छ कि त्यहाँ बस्दा कुनै जंगलभित्र रहेजस्तो अनुभुति हुन्छ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here