फरार रहेका डाँका पक्राउ

269

काठमाडौ – करिब डेढ वर्षअघि डाँका मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

नुवाकोट समुन्द्रदेवी गा.बि.स. वडा नं ४ हाल जिल्ला नुवाकोट शिवपुरी गाँ.पा. वडा नं ६ वस्ने राजु थापालाई  रु. ४,२०,००० /- जरिवाना र ६ बर्ष कैद हुने ठहर गरेको थियो ।  त्यसपछि फरार रहेका राजु थापालाई आज काठमाडौंस्थित मित्रनगरबाट पक्राउ गरिएको छ ।

थापालाई फैसला कार्यान्वयनकोलागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा सम्मानित अदालतको आदेशले कारागार कार्यालय डील्लीबजार, काठमाडौंमा पठाईएको छ ।

मिति २०५३/१०र१० गते राति भेष बहादुर गुरुङ्गले हङ्कङ्बाट ल्याएको १० (दश) टिल (३२ तोला)  सुन जाहेरवाला छिरिङ वाङ्गेल घले समेतले भन्सार छुटाई बा.अ.ग. २८७३ नंबरको गाडीमा ल्याउदै गरेको अवस्थामा प्रतिवादी राजु थापा समेतले भिमसेनगोला, काठमाडौंमा उक्त सुन डाँका गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here