विश्व चर्चित फुटबल खेलाडी रोनाल्डिन्हो प्रहरीकाे फन्दामा

102

एजेन्सी – विश्व चर्चित फुटबल खेलाडी रोनाल्डिन्हो कागजात किर्ते गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका छन् । बार्सिलोना र पीएसजीका पूर्व ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होलाई दक्षिण अमेरिकी मुलुक प्रवेशका लागि गलत पासपोर्टको प्रयोग गरेको आरोप लागेको छ ।

३९ वर्षीय रोनाल्डिन्होले भाइ रोबर्टोसँग बुधबार पक्राउ परेको गोलडटकमले उल्लेख गरेको छ । उनीहरू बसेको होटलमा आफ्नै नाममा पाराग्वेको राष्ट्रियता भएको पासपोर्ट फेला परेको जनाइएको छ । उनीहरूलाई पारग्वेको क्यासिनो मालिक नेल्सोन बेलोट्टीले बोलाएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here