महानगरीय ट्रफिकले जरिवाना तिर्न थप्यो तीन कार्यालय

99

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक नियम उलंघनको जरिवाना तिर्न उपत्यकामा थप ३ ठाउँमा व्यवस्था मिलाएको छ।

महाशाखाले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त नयाँ बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालामा ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम सफ्टवयेर संचालनमा ल्याएको हो।

भक्तपुर जिल्लाभित्र कारवाहीको लागि राखिएका कागजपत्रहरु भक्तपुर, चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट, नयां बसपार्क एरियाका कारवाहीको लागि राखिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी कायालयबाट र गौशाला तथा एयरपोर्ट एरियामा कारवाहीको लागि राखिएका कागजपत्रहरु ट्राफिक प्रहरी कार्यालय गौशालाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरेर फिर्ता लिन सकिने महाशाखाले जनाएको छ।

यो सेवा यसअघि महाशाखा लगायत महाराजगञ्ज, थापाथली , कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध र कोटेश्वरमा मात्र थियो। मापसे र लेन कारवाहीमा परेका कागजपत्रहरू भने महाशाखावाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको महाशाखाका प्रवक्ता जिवन कुमार श्रेष्ठले दिए।

महाशाखाको अनुसार उपत्यकामा दैनिक रूपमा २ हजार ५ सयदेखि ३ हजार चालकहरु ट्राफिक कारवाहीमा पर्ने गरेक छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here