एक युवतीले विवाह गर्ने युवासँग उपहारका लागि ८० किताब मागिन्

148

एजेन्सी –  पु्स्तक पढ्नु भनेको के हो र मानिसलाई पढ्न कति चाहना हुन्छ भन्ने कुरा प्रष्ट्याउने एउटा उदाहरण बाहिर आएको छ । प्रसंग छिमेकी देश भारतकाे केरलाको हो । त्यहाँ एक युवतीले विवाह गर्ने युवासँग उपहारका लागि ८० किताबको माग राखेकी छिन् । उनको यो कुराले अहिले सामाजिक सन्जालमा निकै ठूलो प्रशंसा पाइरहेको छ ।

अजना नाजिमले २६ वर्षका सिभिल इन्जिनियर इजाज हाकिमसँग विवाह गर्दा यो डिमान्ड गरेकी हुन् । उनको सर्तअनुसार हाकिमले उनलाई ९६ किताब दिएर भेट गरेका थिए । मुस्लिम समुदायमा विवाह पहिले युवतीले केही न केही माग्ने प्रचलन । अजनाले विवाहका लागि युवा माग्न आउँदा आफ्नो बेडरुममा एउटा लाइब्रेरी हुनु पर्ने माग पनि राखेकी थिइन् । त्यहीअनुसार उनको लाइब्रेरी पनि बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here