माइतिघरमा ‘महिलाको विश्वव्यापी हडताल’ प्रदर्शन

111

काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरुले विशेष प्रदर्शन गरेका छन् । ‘महिलाको विश्वव्यापी हडताल’ अन्तर्गत काठमाडौंस्थित माइतिघरमा महिलाहरुले प्रदर्शन गरेका हुन् ।

महिला रोकिए संसार रोकिन्छ भन्ने मुल नारा अन्तर्गत माइतिघरमा प्रदर्शन भएको हो । प्रदर्शनको संयोजन महिला मानअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गरेको हो । सहभागीहरुले महिलामाथि हुने गरेका विभेद र हिंसा विरुद्धका प्लेकार्ड बोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here