कोरोनाको त्रासले सिरी ए बन्द गर्न खेलमन्त्रीको सुझाव

77

एजेन्सी – इटालीका खेलमन्त्री विनसेन्जो स्पाडाफोराले मानिसको मृत्यु भइरहेको समयमा फुटबल खेल्नुको औचित्य नभएको जनाएका छन्। आइतबार उनले इटालीको शीर्ष फुटबल लिग सिरी–ए पनि रद्द गर्नुपर्ने जनाएका छन्।

चीन र दक्षिण कोरियापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण इटालीमा पाइएको छ। त्यहाँ कोरोनाका सात हजार सात सय ७५ जना संक्रमित पाइएको छ। त्यस्तै ३६६ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्यामा इटालीमा चीनपछि दोस्रो स्थानमा छ।

‘यस्तो अवस्थामा इटालियन फुटबल फेडेरेसन ९एफआईसीजी०ले तत्काल सिरी–ए लिग रोक्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोनाबाट बच्नको लागि हामी मानिसहरुलाई विभिन्न कामका लागि प्रतिबन्ध गरिरहेका छौं। यस्तो अवस्थामा लिग गर्नुको कुनै औचित्य छैन।’

‘फुटबल प्रतियोगितामा रोक लगाउने कुरा भइरहेको छ। अप्रिल ३ सम्म सबै खेल बन्द रंगशालामा गर्ने सरकारको निर्णय छ,’ फुटबल खेलाडी एसोसिएसनका अध्यक्ष डेमियानो टोमासीले पनि ट्वीट गरेका छन्।

इटालीका विभिन्न टीमका खेलाडी मास्क लगाएर फुटबल ट्रेनिङ गरिरहेका छन्। सिरी–बी क्लब ‘पेसकरा’का खेलाडी आइतबार मैदानमा मास्क लगाएर तालिम गरिरहेका थिए। उनीहरु आइतबार बेनेवेन्टोविरुद्धको खेलमा पनि मास्क लगाएरै गएका थिए।

तर, रेफ्रीले मास्क लगाएर खेल्न नमिल्ने बताएपछि उनीहरुले आदेश पालना गरे। यसबारे क्लबले भनेको छ, ‘हामीलाई आफ्नो र विपक्षी खेलाडीको चिन्ता छ। यसकारण हामी मास्क लागएर मैदान प्रवेश गरेका थियौं।’

खेलाडीले खेलअघि मास्क लगाएरै वार्मअप गरेका थिए। करिब एक करोड जनसंख्या भएको इटालीको लोम्बार्डी सहर लकडाउन गरिएको छ। सरकारले उत्तरी इटालीको लोम्बार्डी सहर लकडाउन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here