जर्मनीमा कोरोनाकाे संक्रमित संख्या ११ सय नाघ्यो

57

एजेन्सी – जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेको छ ।

अहिलेसम्म जर्मनीमा २१० जनामा नयाँ भाइरस संक्रमित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । योसँगै संक्रमित हुनेको संख्या ११ सय १२ पुगेको रोइटर्स समाचार माध्यमले जनाएको छ ।

जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटका अनुसार सबैभन्दा बढी पश्चिमी जर्मनीको वेस्टफालियामा संक्रमण देखिएको छ । जर्मनीमा नै उच्च जनघनत्व रहेको उक्त क्षेत्रमा अहिलेसम्म ४ सय ८४ जना संक्रमित भएको समाचारमा जनाइएको छ ।
सर्वप्रथम चीनमा देखा परेको कोरोना भाइरस विश्वभर १ सय १ वटा मुलुकमा फैलिइसकेको छ । हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ७ हजार नाघिसकेको छ । त्यस्तै ३६ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here