नेपाल बोटल वाटर उद्योग महासंघद्वारा निर्माणाधीन रंगशालाका लागि १३२०० बोटल हस्तान्तरण

386

काठमाडाैं – नेपाल बोटल वाटर उद्योग महासंघको अगुवाइमा नेपाली जनजनको ढुकढुकी धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला महान अभियानमा १३२०० लितर वोटल पानि हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा  बोल्दै रास्ट्रीय अध्यक्ष सुभाष भन्डारीले राष्ट्रिय गौरवको अभियानलाइ सहयोग गर्न सम्पुण पानी उधोगीहरु एक हुने र फेरि फेरि पनि यस्ता सहयोग ल्याउने आश्वासन दिनुभएको थियो। कार्यक्रममा राष्ट्रिय तथा जिल्लाका उधोगीहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रममा चितवन – नवलपुर पानी उधोग संघका अध्यक्ष केशब घिमिरेले , चितवन – नवलपुरका उपाध्यक्ष ईश्वर श्रेष्ठ , डाइरेक्टर मीना दाहाल र राष्ट्रिय उपाध्यक्ष तथा चितवन( नवलपुरका बरिस्ठ उपाध्यक्ष सोम प्रसाद काप्रीले संघले पहिले देखि नै अभियानलाइ सहयोग गर्दै आइरहेको तथा अब अझै ससक्तरुपमा आर्थिक तथा जिन्सिबाट पनि सहयोग गरिने जानकारी दिनुभएको थियो।

उक्त कार्यक्रमको सम्योजन राष्ट्रिय उपाध्यक्ष बिक्रम लिम्बुले गर्नु भएको थियो भने कार्यक्रमलाइ सफल बनाउन रास्ट्रीय कोषाध्यक्ष श्री कुमार श्रेष्ठ, सचिब प्रसान्त डंगोल, कमल अधिकारी सन्नी के सि तथा रुद्रहरी अधिकारीको सहयोग तथा सहभागिता थियो।कार्यक्रममा प्रदेश ५ का उधोग संघकि पुर्बअध्यक्ष रचना श्रेष्ठको समेत उपस्थिती थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here