कोरोनाबाट बच्न रक्सी पिउँदा ४४ को मृत्यु

197

एजेन्सी — रक्सी पिए कोरोनाभाइरसबाट बच्न सकिन्छ भनी हल्ला फैलिएपछि इरानमा कोरोना भाइरस फैलिएसँगै त्यसबाट बच्नका लागि कमसल रक्सी पिउने ४४ जनाको मृत्यु भएको छ ।

कोरोनाले इरानमा २९१ जनाको ज्यान लिइसकेको छ भने ८ हजार ४२ जनालाई संक्रमित बनाएको छ । विषालु रक्सी धेरैले पिएर उनीहरूको ज्यान गयो ।

सबभन्दा बढी मानिस दक्षिणपश्चिममा रहेको खुजेस्तानमा मरेका छन् । त्यहाँ ३६ जनाको ज्यान गयो । मद्यपानमा प्रतिबन्ध लगाइएको छ तर गोप्य रूपमा ठर्रा पिउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here