युभेन्ट्सका सेन्टर ब्याक डेनिएललाई कोरोना संक्रमण

12

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण देखिएको छ । २५ वर्षीय डेनिएललाई कोरोनाको टेस्ट गर्दा संक्रमण देखिएको युभेन्ट्सले जनाएको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ ।
उनलाई कुनै पनि क्रियाकलापमा संग्लन नहुन र अन्य खेलाडीसँग भेटघाट नगर्न हुन क्लबले निर्देशन दिएको छ । युभेन्ट्सका लागि यो सिजन सिरी एका तीन खेल खेलिसकेका छन् ।

उनले यो सिजन युभेन्ट्सका लागि सबै खाले प्रतियोगितामा ७ खेल खेलेका छन् । अहिले  इटालीमा अप्रिल तीनसम्मका लागि सबै खाले खेलकुद गतिविधि स्थगित गरिएको छ । पछिल्लो तथ्याङ्क हेर्दा इटालीमा १२ हजार भन्दा बढीलाई संक्रमण देखिएको छ भने ८२७ ले ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here