बगदादको सैन्य अड्डामा रकेट आक्रमणः ३ जना मारिए

67

काठमाडौं । इराकको राजधानी बगदादमा रहेको एक सैन्य अड्डामा हवाई हमला भएको छ । हमलामा दुईजना अमेरिकी र एक बेलायती सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
ताजी सैनिक शिविरमा भएको रकेट आक्रमणमा अन्य १२ जना घाइते भएका छन् ।ताजी सैन्य अड्डामा इराकी सुरक्षाबललाई अमेरिकी र बेलायती सैनिक तालिम दिने गर्छन् ।हमला कसले गरेको भन्ने खुलेको छैन । तर यो हमला इरानको समर्थन प्राप्त विद्रोहीले गरेको हुन सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here