आज सुनको भाउ तोलामा तीन हजार रुपैयाँले घट्यो

61

काठमाडौँ । सुनको भाउ आज तोलामा तीन हजार रुपैयाँले घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार भने छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार अहिलेसम्मकै सबैभन्दा महँगो ८२ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन त्यसपछि भने घटिरहेको छ । बुधबार ८२ हजार ३ सय र बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य शुक्रबार भने ३ हजारले घटेर ७८ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ । शुक्रबार असली चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here