कोरोनाको असर आईपीएलमा

186

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरेपछि विश्वका धेरै देशले सतर्कता अपनाइरहेका छन् । कोरोनाको त्रासलाई मध्यनजर गर्दै दिल्ली सरकारले राजधानीमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रतियोगिता आयोजना गर्न प्रतिबन्ध लगाएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शुक्रबार दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेका छन् । उनले भने, ‘हामीहरुले दिल्लीमा सवै किसिमका खेलको आयोजनामा प्रतिबन्ध लगाउने घोषणा गरेका छौँ, जसमा धेरै सङ्ख्यामा मानिसहरु जम्मा हुन्छन्, यसमा आईपीएल पनि सामेल छ ।’
कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै आईपीएल अब हुने छैन । कोरोनाको प्रकोप रहेसम्म खेलसँग सम्बन्धित अन्य कुनै गतिविधि हुने छैन । त्यस्तै अन्य कुनै ठूलो आयोजनाका खेल पनि हुने छैनन् । खाली स्टेडियममा आईपीएल गर्न मिल्छ भन्ने प्रश्नमा उपमुख्यमन्त्री सिसोदियाले भने, ‘हामीले मानिसहरुको भिड रोकेका हौँ, यदि आईपीएलमा आयोजक कुनै नयाँ फर्म्याटमा आउँछ भने त्यसमा केही विचार गर्न सकिन्छ ।’
आईपीएलअन्तर्गत दिल्लीमा आईपीएलको पहिलो खेल ३० मार्चमा हुने तय भएको छ । दिल्लीमा जम्मा सात वटा खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here