कोरोनाबारे बुझ्न १११५ मा फोन गर्न सकिने

142

काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१५० बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here