बिल गेट्सद्वारा माईक्रोसफ्टबोर्ड पदबाट राजीनामा

170

एजेन्सी – माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले कम्पनीको बोर्ड बोर्ड अफ डायरेक्टर पदबाट राजीनामा दिएका छन् । परोपकारी गतिविधिहरूमा बढी समय खर्च गर्ने अभिप्रायले उनले कम्पनीको बोर्डबाट बाहिर निस्कन चाहेको जनाएका छन् ।

माइक्रोसफ्टले बिल गेट्सले राजीनामा दिएको औपचारिक घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तनको सम्बन्धित कुरामा ध्यान दिन चाहेको बिल गेट्सको धारणा छ।

माइक्रोसफ्टका तर्फबाट भनिएको छ कि गेट्स वैश्विक स्वास्थ्य र शिक्षाका लागि धेरै काम गर्न चाहन्छन् र यसका लागि उनले कम्पनीको जिम्मेबारीबाट मुक्त हुन चाहेका थिए ।

तर उनी माइक्रोसफ्टको सीईओ सत्या नडेलासँग सल्लाहकारका रुपमा काम गर्ने छन् । गेट्सले सन १९७५ मा पल अलेनसँग मिलेर यो कम्पनी निर्माण गरेका थिए र उनी सन २००० सम्म यसका सीईओ थिए । राजीनामापश्चात कम्पनीको वोर्डमा १२ सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here