साउदीमा पनि ‘लकडाउन’को तयारी

163

एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण साउदी अरेबियामा पनि बढेको छ ।

बढ्दो संक्रमणका कारण साउदी अरेबियाले पनि ‘लकडाउन’को तयारी गरेको छ । साउदीले भोलि आइतबारदेखि लागू हुने गरी २ हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला मन्त्रालयले शनिबार यसको घोषणा गरेको अरबन्यूजले उल्लेख गरेको छ ।

शुक्रबार साउदीमा २४ जना नयाँ संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या ८६ पुगेको छ ।
‘उडानमा प्रतिबन्धको नयाँ निर्णय आइतबार बिहान ११ बजेदेखि लागू हुनेछ’ मन्त्रालयले साउदी प्रेस एजेन्सीमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘केही उडानहरुलाई विशेष परिस्थितिमा मात्र अनुमति दिइनेछ ।’ यो अवधिमा साउदी फर्किन नसक्ने कर्मचारीहरुका लागि यो अवधि आधिकारिक रुपमा सार्वजनिक बिदा मानिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here