हरेक १२ वर्षमा चट्याङ पर्ने अनौठो मन्दिर

293

एजेन्सी –  विश्वमा बिभिन्न अनौठा नियम भएका मन्दिरहरु छन् । जुन मन्दिर सिमित क्षेत्रमा मात्रै नभएर सारा विश्वमा नै चर्चित हुन्छन् । र तिनिहरुको पौराणिक मान्यताहरु पनि फरक अनि अनौठो रहेका हुन्छन् ।

आज हामी तपाईहरुलाई यस्तै अनौठो खालको मन्दिरको बारेमा जानकारी दिन्छौँ । हाम्रै छिमेकी देश भारतमा यस्तो एउटा मन्दिर छ । जहाँ हरेक १२ वर्षमा चट्याङ पर्दछ ।

भारतको हिमाञ्चल प्रदेशमा रहेको उक्त मन्दिरमा १२ वर्षमा चट्याङ पर्दछ जसका कारण त्यहाँ रहेका शिवलिङ्ग टुक्रिन्छन् । झनै अचम्मको कुरा त के छ भने चट्याङले मन्दिरमा अन्य कुनै क्षति गर्दैन ।

चट्याङले टुक्रिएका शिवलिङ्गलाई पूजारीहरुले जोड्दछन् । शिवजीले पीडाबाट राहत पाउन सकुन् भनेर शिवलिङ्गमा घिउको लेप लगाउँदछन्।

त्यसैले यो मन्दिरलाई स्थानीयले मख्खन महादेव पनि भन्ने गरेका छन् । हरेक १२ वर्षमा भगवान इन्द्रले शिवजीको आज्ञा लिएर उक्त मन्दिरमा चट्याङ पार्ने गरेको भन्ने पौराणिक मान्यता छ ।

त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेका पौराणिक मान्यता छ, जसको शिवले वध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here