कोरोनाबाट ज्यान गुमाएका परिवारलाई भारत सरकारद्धारा ४ लाख दिने घोषणा

7

काठमाडौं । भारतको सरकारले सारा विश्व भरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्नो देशमा ज्यान गुमाएका मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहायता दिने घोषणा गरेको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ८३ जनामा कोरोनाको संक्रमण देखा परेको छ । भारत सरकारले कोरोनाको महामारी फैलिएपछि आपतकालको घोषणा समेत गरिसकेको छ । भारतीय गृहमन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट आफ्नो देशमा मृत्यु भएका दुई जनाका परिवारलाई ४–४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

भारतको दिल्ली र कर्नाटकमा कोरोना भाइरसका कारण १÷१ जनाको मृत्यु भएको छ । साउदी अरबबाट फर्किएका एक ७६ वर्षका वृद्धको कर्नाटकमा बिहीवार कोरोनाका कारण मृत्यु भएको थियो । त्यस्तै दिल्लीमा ६८ वर्षकी एक महिलाको शुक्रवार राममनोहर लोहिया अस्पतालमा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here